Rule 12
झगडाको तहकिकात तथा निर्णय गर्ने तरीका
झगडाको तहकिकात तथा निर्णय गर्ने तरीका ः (१) विर्ता जग्गा हो वा होइन भन्ने विवाद उपस्थित भएकोमा सम्बन्धित व्यक्तिलाई ७ दिने म्याद जारी गरी
झिकाई निजबाट सबूद प्रमाण खुलाई त्यसरी विवाद उपस्थित भएका जग्गा सम्बन्धी लिखतपत्र र स्थिति समेत हेरी बुझी निर्णय गर्नुपर्छ ।
(२) “क” श्रेणी वा “ख” श्रेणीको हो भन्ने झगडामा “क” श्रेणी हो भन्ने मोही र “ख” श्रेणी हो भन्ने भूतपूर्व विर्तावाल समेतलाई ७ दिने म्याद दिई झिकाई दुवै पक्षबाट बयान तथा सबूद प्रमाण लिई र सांध संधियार तथा दुवै थरीका साक्षी समेत बुझी निर्णय गर्नुपर्छ ।
(३) उपनियम (१) वा (२) बमोजिम झगडिया झिकाउने ७ दिने म्यादमा वा झगडा चलिरहेको अवस्था तोकिएको तारेखमा उपस्थित हुन कुनै पक्ष असमर्थ हुन्छ भने एक पटक वा जम्मा ३ पटकसम्म गरी २५ दिनसम्मको अर्जी खबर मन्जूर गर्न र म्यादतारेख गुज्रेकोमा गुज्रेको मितिले १५ दिनभित्र दरखास्त दिन आएमा थामी दिन तोकिएको अदालतले सक्नेछ । अर्जी वा म्याद तारेख थाम्ने हद म्याद गुज्रेमा तोकिएको अदालतले म्याद तारेख गुज्रेको मुद्दा किनारा गर्ने सम्बन्धमा प्रचलित नेपाल कानुन बमोजिम गर्नेछ ।
(४) कुनै विर्ता जग्गा “क” वा “ख” कुन श्रेणीको हो भन्ने यकीन गर्न जिन्सीमा मालपोत ठेकिएका आँठाका रैकर जग्गाको मालपोतको अंक कायम गर्नुपर्दा स्थानीय मालमा दरभाउ तोकिई राखेका जिन्सीको हकमा सोही मालका भाउले जिन्सीको नगदी पारी सो नगदीलाई र स्थानीय मालमा दरभाउ नतोकिएको कुराको
स्थानीय बजारको भाउले हुने मोलबाट जिन्सीको नगदी पारी सो नगदीलाई मालपोतको अंक मानी कायम गर्नुपर्छ ।